Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

काठमाडौं,  १६  साउन  ।  बिहीबार दुई बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ।

प्रतिनिधिसभाको जारी गतिरोध खुलाउने उद्देश्यले सभामुखको पहलमा संसद भवन बानेश्वरमा सर्वदलीय बैठक बसेको थियो। तर, सहमति जुट्न नसक्दा बैठक स्थगित गरिएको हो।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायत उपस्थित थिए।

प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड तथा मिनेन्द्र रिजाल लगायतको उपस्थिति थियो।त्यस्तै, राजपा अध्यक्ष मण्डल राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो।

छलफल जारी रहेकाले सूचना टाँस गरी बैठक स्थगित गरिएको हो। अर्को बैठक साउन २० गते बिहान ११ बजेका लागि बोलाइएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments