Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

भक्तपुर,  १६   साउन । भक्तपुरमा एक १२ वर्षीय बालकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सूर्यविनायक नगरपालिका ७ गुण्डु बस्ने राजु खतिवडाका १२ वर्षीय छोरा सन्देश खतिवडा रहेको प्रहरीले जनाएको छ ।

सन्देशले बुधबार साँझ आफ्नै घरको दोस्रो तलामा रहेको काठको दलिनमा स्कुल ड्रेसको टाईको पासो लगाएर आत्महत्या गरेका छन् । दलिनमा झुण्डिरहेको अवस्थामा भेटेपछि बुबा राजुले पासो फुकाई उनलाई मध्यपुर अस्पताल पुर्याएका थिए ।

बालकलाई बेलुकी ६ बजे मृत घोषित गरिएको थियो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments