गौरादह, १५ साउन । गौरादह जेसीजले महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महिला नेतृत्व विकास सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । गौरादह जेसीजले सातौं वार्षिकोत्सवको अवसर पारेर नगरभित्रका महिला सम्बद्ध संस्थाका प्रतिनिधिहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम आयोजना गरेको हो । वडा नं. १ को सभाहलमा सञ्चालन गरिएको तालिममा महिला सम्बद्ध संस्थामा आबद्ध ७० जना महिलाहरु सहभागी रहेका थिए ।

तालिममा सहभागीहरुलाई प्रशिक्षक मञ्जरी घिमिरेले सहजिकरण गरेकि थिइन् । गौरादह जेसीज वर्ष २०१९ का अध्यक्ष माधव कोइरालाको सभापतित्वमा सम्पन्न वार्षिकउत्सव कार्यक्रममा गौरादह नगर उपप्रमुख तथा कार्यक्रमकि प्रमुख अतिथि गिता भेट्वालले कार्यक्रमको उद्घाटन गर्दै वर्तमान परिस्थीतिमा युवाको भूमिका तथा जेसीजले गौरादह क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेकि थिइन् ।

त्यसअवसरमा गौरादह नगर महिला सञ्जाल अध्यक्ष लिला कार्की, एकल महिला अध्यक्ष भिमा उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक जेसी विनोद चुडालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन जेसीज वर्ष २०१९ कि महासचिव विनिता कट्वालले गरेकी थिइन् ।






