Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठ्माडौं,  १५  साउन  ।  प्रतिनिधि सभाको आज (बुधबार) को बैठक पनि अवरुद्ध भएको छ । निर्धारित समय ११ बजेका लागि बोलाइएको बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका थिए । सांसदहरुले संसदीय सर्वोच्चता कायम गर,संसदीय छानबीन समिति गठन गर, निर्माला पन्तका हत्यारालाई कारवाही गर जस्ता नारा लगाएका थिए ।

सभामुख कृष्ण बहादुर महराले संसद अवरुद्ध हुँदा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसनग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरेपनि सभामुखको आग्रहलाई सांसदहरुले बेवास्ता गर्दै नाराबाजी गरेका गरेका थिए । विपक्षीले नाराबाजी नरोकेपछि सभामुख महराले बिहीबार २ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments