Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं,  १४  साउन  ।  सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुद्दामा आज निर्णय सुनाउँदैछ ।

जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च आईपुगेको मुद्दामा दुई साता लामो बहसपछि आजका लागि निर्णय सुनाउने मिति तोकिएको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले निरन्तर सुनुवाई गर्दै यो मुद्दामा निर्णय गर्न लागेको हो ।

जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि आरोपितहरु उच्च अदालत विराटनगर पुगेका थिए ।

तर उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरुले सर्वोच्चमा निवेदन दिएका थिए ।

सर्वोच्चमा मुद्दा लम्बिएपछि जिल्ला अदालतले उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु गर्न सकेको छैन ।

थुनछेक आदेशमा न्यायिक विचलनमा परेको आरोपमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित अन्य न्यायाधीश छानबिनमा तानिएपछि यो प्रकरण झनै जेलिएको हो ।

न्याय परिषदले उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेपछि सर्वोच्चमा यो मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो ।

पक्षका कानुन व्यवसायी र सरकारी पक्षको बहस हिजो समाप्त भएपछि आज निर्णय सुनाउने मिति इजलासले तोकेको हो ।

आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, महावीरप्रसाद गोल्यान, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेलले तल्ला अदालतलाई चुनौती दिदै सर्वोच्च गुहारेका हुन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments