Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठ्माडौं,  १४  साउन  ।  साउन महिनाको मध्य अवधि बितिसक्दा नेपालको धान रोपाइँ ८० प्रतिशत मात्रै सम्पन्न भएको छ। कृषि विभागको तथ्यांकअनुसार देशका अझै २० प्रतिशत स्थानमा अझै रोपाइँ हुनसकेको छैन। तथ्याङ्कअनुसार हालसम्ममा धान खेतीयोग्य जमिनको ८० दशमलव १८ प्रतिशत क्षेत्रमा रोपाइ सम्पन्न भएको हो।

गत वर्ष सोही समयमा ८२ प्रतिशत रोपाइँ सकिएको थियो। यो वर्ष हालसम्म उच्च पहाडमा ८४ दशमलव ९४ प्रतिशत, मध्यपहाडमा ८० दशमलव ६६ प्रतिशत, तराईमा ७९ दशमलव ७८ प्रतिशत रोपाइँ सकिएको छ।

प्रदेशअनुसार हेर्ने हो भने प्रदेश १ मा ७१ दशमलव ६५ प्रतिशत प्रदेश २ मा ७४ दशमलव ५० प्रतिशत, प्रदेश ३ मा ७८ दशमलव ८३ प्रतिशत, गण्डकी प्रदेशमा ८४ दशमलव ५६ प्रतिशत, प्रदेश ५ मा ८४ दशमलव ६० प्रतिशत कर्णाली प्रदेशमा ९२ दशमलव ४० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९४ दशमलव १७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

सबैभन्दा कम प्रदेश १ र सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको विभागको तथ्याङ्कले देखाएको छ।नेपालखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments