Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

एजेन्सी,  १२  साउन  ।  नेपालमा समेत चर्चित रहेको द वाल्ट डिज्नीको ‘मिक्की माउस कार्टुन’का मिनीको आवाज निकाल्ने महिला रुसी टेलरको निधन भएको छ।

रुसी टेलरको आवाज कम्तीमा पनि ३० वर्षसम्म मिनी माउसमा प्रयोग गरिएको थियो।

७५ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको क्यालिफेर्नियास्थित द वाल्ट डिज्नी कम्पनीले बताएको छ।

सन् १९८६ देखि उनले आफ्नो आवाज एनिमेसन, फिल्म तथा अन्य कार्टुनमा प्रयोग गर्दै आएकी थिन्। उनले मिक्की माउस कार्टुनमा प्रमुख पात्र मिक्की माउसका साथी मिनिका आवाज दिँदै आएकी थिइन्।

उनले कार्टुनमा मिक्कीको आवाज निकाल्ने वेन अलवाइनसँग विवाह गरेकी थिइन्। अलवाइनको निधन भने २००९ मै भएको थियो।

टेलर र अलवाईनको विवाह सन् १९९१ मा भएको थियो ।

‘३० वर्षभन्दा बढी उनी र मिनी सँगै काम गरी विश्वमा लाखौंलाई मनोरञ्जन दिइन्। यो सम्बन्धले मिनीलाई ग्लोबल आइकनका रूपमा चर्चित गरायो’, डिज्नीका अध्यक्ष रोर्बट आइजरले शनिबार भने।

टेलरको जन्म सन् १९४४ मे ४ तारिखमा क्यामव्रिजमा भएको थियो। उनले सो कार्टुनका लागि १९८६ मा २०० जनालाई पन्छ्याउँदै सो अभिनयका लागि छनोट भएकी थिइन्।

सो कार्टुन नेपालका बालबालिकाहरूले पनि हेर्ने गरेका छन्। मिकी माउस र मिनी माउसका पुतली व्यापक विक्री हुँदै आइरहेको पनि छ।

सन् १९२८ बाट सुरू हुन थालेको यो कार्टुनले करिब ९० दशक पार गरिसकेको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments