Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

काठमाडौ,  १२  साउन  ।  अन्तर्राष्ट्रिय परामर्श सेवा दिने विश्वव्यापी संस्था आईडीपी एजुकेसनले अस्ट्रेलियामा उच्च शिक्षा पढ्न गएका ८ नेपाली योग्य र महत्वाकांक्षी विद्यार्थीहरुलाई अस्ट्रेलियन डलर ५००० को छात्रवृत्तिप्रदान गरेको छ।

आईडीपी एजुकेसनको अस्ट्रेलिया शैक्षिक मेलामा नेपालकालागि अस्ट्रेलियन राजदूत पीटर बड़ले छात्रवृति पाएका विद्यार्थीका आमा बुवालाई छात्रवृत्तिको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

उक्त शैक्षिक मेलामा अस्ट्रेलियाको ३५ भन्दा बढी विस्वविद्यालय र कलेजहरु सहभागी भएका थिए र सो मेलाको उद्देश्य विद्यार्थी र उनीहरुका अविभावकहरुलाई शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुलाई प्रत्यक्ष भेटि विद्यार्थीले पढ्न जाने विषय र उनीहरुको भविष्यको बारेमा छलफल गर्ने रहेको थियो।

आफ्नो शैक्षिक परामर्श सेवा प्रदान गर्ने कार्यालयको शुरुवात गर्दाको वखतमा घोषणा गरेको छात्रवृत्तिको उद्देश्य नेपाली विद्यार्थीहरुको उज्ज्वल भविष्यमा सहायता पुर्याउनु थियो ।

नेपालभरिका सैयौं विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए भने छात्रवृत्ति छनोट गर्ने प्यानलले विद्यार्थीको शैक्षिक उत्कृष्टता र अंग्रेजी भाषाको अंक जस्ता आधारमा बिजेता छानिएका हुन् । सबै ८ बिजेताहरु हाल अस्ट्रेलियाका प्रख्यात विस्वविद्यालयहरुमा स्नातकोत्तरमा आध्यंरत छन् ।

त्यस अवसरमा आईडीपीको दक्षिण एसियाका क्षेत्रीय निर्देशक पियुष कुमारले ८ नेपाली बिद्यार्थीहरुको पढ्ने उद्देस्य र उनीहरुको उज्ज्वल भविष्यकालागी यो सहयोग गर्न पाएकोमा खुसी लागेको बताए।

आउँदो नोभेम्वर २०१९ र फेब्रुअरी २०२० इन्टेकका लागि अझै २ वटा छात्रवृत्तिको घोषणा गर्दै इच्छुक विद्यार्थीहरुलाई आवेदन दिन कुमारले आवहान गरे।“

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

आईडीपी एजुकेसन स्टुडेन्ट प्लेसमेन्ट सर्भिसेसका दक्ष्य परामर्शदाताहरुले बिदेशमा गुणस्तरीय शिक्षा लिन जाने इच्छुक बिद्यार्थीहरुलाई उनीहरुका हरेक कदममा विश्वविद्यालय वा कलेज छनौट देखि लिएर विदेश पुगिसकेपछि समेतको सेवा प्रदान गर्दै आएको छ ।

आईडीपीले अस्ट्रेलिया, अमेरिका, वेलायत, न्युजिल्याण्ड, क्यानेडा र आयरल्याण्डका ७०० वटा भन्दा बढी प्रख्यात युनिभर्सिटी र कलेजहरुको प्रतिनिधित्व गर्छ । ५० वर्ष भन्दा बढी अनुभव बटुलेको आईडीपीले गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुसँग मात्र सहकार्य गर्छ ।

आइडीपी

आईडीपी एजुकेसन अन्तर्राष्ट्रिय परामर्श सेवा प्रदान गर्ने क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको एक विश्वव्यापी परामर्श सेवा संस्था हो र आईडीपीको अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा चर्चित “आईईएलटीएस” मा समेत स्वामित्व रहेको छ ।

१२० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी सेवा केन्द्रहरुको नेटवर्कको साथ आईडीपी ३० भन्दा बढी देशहरुमा फैलिएको छ । आईडीपी एएसएक्स (अष्ट्रेलियन सेक्युरीटी एक्सचेन्ज) मा सूचीबद्ध कम्पनी पनि हो, जसमा ५० प्रतिशत अष्ट्रेलियन विश्वविद्यालयहरुको स्वामित्व रहेको छ ।

विगत ५० वर्षदेखि आईडीपीले अन्तर्राष्ट्रिय शिक्षामा विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा प्रदान गरी महत्वपूर्ण भूमिका खेल्दै आईरहेको छ । आईडीपीले हालसम्म ४ लाख भन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलिया, यूके, यूएसए, क्यानडा, न्यूजील्याण्ड र हालै आयरल्याण्ड लगायतका देशहरुमा भर्ना गरिसकेको छ ।

आईईएलटीएस

आईडीपीको अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा चर्चित आई एल टी एस मा स्वामित्व रहेको छ । सन् १९८९ देखि सुरु भएको उक्त अंग्रेजी भाषा परिक्षण विश्वकै सबै भन्दा लोकप्रिय भाषा परिक्षण गर्ने परिक्षा हो।

यस भाषा परिक्षण परिक्षालाई विश्वभरी १०,००० भन्दा बढी संस्थाहरुले अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा स्वीकारेका छन्। विगत एक वर्षमा करिब ३.५ लाख परिक्षाहरु लिईएको थियो।

तपाईको प्रतिक्रिया