Online Bichar
आइतबार, कार्तिक ३०, २०८३ | Sunday, November 15, 2026

काठमाडौं, १०  असार  ।  झापाको बिर्तामोड नगरपालिका का मेयर धुव्रकुमार सिवाकोटीले क्षतिपूर्ति वापत आएको ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । २०७४ कात्तिक १० गते स्थानीयको आन्दोलनका क्रममा घर र सवारीसाधनमा भएको क्षति पूर्ति वापत उनले माग गरेअनुसार तीन महिना अघि गृह मन्त्रालय अन्र्तगत गठित समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णयले मेयर सिवाकोटीलाई ३० लाख दिने निर्णय गरेका थियो । उक्त विषयलाई लिएर सामान्य क्षती हुँदा लाखौं रुपैयाँ लिएको भन्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

मेयर सिवाकोटीले यसै विषयमा प्रकाशित समाचाहरुप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै क्षतिपूर्तिवापतको ३० लाख रकम लिन अनिच्छुक भएको कारण हालसम्म नलिएको मेयर सिवाकोटीले बताएका छन् । मंगलबार झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरी मेयर सिवाकोटीले अवपनि उक्त रकम नलिने घोषणा गरेका हुन् । त्यस अगाडी नेकपा (नेकपा) को जिल्ला समिती र नगर समिती ले मेयर धुर्ब सिवाकोटी लाई बोलाएर उक्त बिषयमा परामर्श गरेको थियो । नेकपाको विर्तामोड नगरका इन्चार्ज युबराज दाहालका अनुसार मेयर सिवाकोटीले सरकारले दिने भनेको उक्त रकम नलिने र घटनामा घाइते भएकाको लागि क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारलाई आग्रह गरेको बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो ।

घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै २०७४ कात्तिक १० को विरोध र्यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए । त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे १ झ १२१ नम्बरको गाडीमा र बा १०च ३०६१ नम्बरको निजी कारमा क्षति पुगेको थियो । उनको छोरा नेपाल रत्न सिवाकोटीको मे ७प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए ।

मेयर सिवाकोटीले घटनापछि जिल्ला प्रशासन कार्यालयमार्फत एक करोड चार लाखबराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति माग गरेका थिए ।रातोपाटी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments