Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

काठमाडौं, १०  असार  ।   उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेश उपचारको लागि जाने जो कोहीलाई राज्यकोषको एक रुपैँया पनि नदिने बताउनु भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदैँ मन्त्री यादवले विदेशमा उपचार गर्न चाहने र आफै पैसा खर्च गर्नेलाई सरकारले रोक्न नसकेपनि राज्यकोषबाट खर्च गरेर उपचारको लागि विदेश जानेहरुलाई सरकारले एक पैसा पनि नदिने बताउनुभएको हो ।

पछिल्लो समय नेपालमा पनि सबै किसिमका रोगको उपचार सम्भव भएको भन्दै मन्त्री यादवले नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम बढेको बताउनुभयो । विदेशमा उपचार गराउनेलाई जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ, उहाँले भन्नुभयो ।’ मन्त्री यादवले देशका ठुलै मान्छेदेखि सर्वसाधरणको हकमा पनि यो कुरा लागू हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया