Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

गौरीगंज, ९ असार   ।  गौरीगंज  गाउँपालिका वडा नं. ३ ले चोक तथा बजार क्षेत्र सरसफाई राख्न डस्टबिन वितरण गरेको छ । गौरीगंज बजार तथा चोक क्षेत्रमा प्लाष्टीकजन्य अन्य फोहर वस्तुहरुलाई संकलन गर्न डस्टबिन वितरण गरिएको वडा नं. ३ का वडा सचिव सन्तोष कुमार मिश्रले जानकारी गराए ।

पसलबाट बिक्रि गरिने गुट्खा, सुर्ति , बिस्कुट, कार्टन लगायतका खोलहरु जथाभावी रुपमा फालिंदा चोक तथा बजार क्षेत्र फोहर भई दुर्गन्धीत हुन सक्ने सम्भावना भएकाले सफा बजार बनाउने उद्देश्यले डस्टबिन वितरण गरिएको वडा नं. ३ का वडा सदस्य सरिता शेर्पाले बताइन् ।

वडा कार्यालयले १ लाख १ सय ५० वटा डस्टबिन खरिद गरि प्रत्येक पसल अगाडि पसलधनीलाई रेखदेख गर्ने गरि जिम्मा लिने शर्तमा वितरण गरिएको जनाईएको छ ।

वडा नं. ३ का वडाध्यक्ष मखना महतो गैदारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअवसरमा गौरीगंज मावि का प्रधानाध्यापक गोविन्द प्रसाद घिमिर, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रमुख टेकेन्द्र सर्मा पौडेल, ज्ञानोदय आवाशीय मावि का प्रधानाध्यापक कल्पना थापा लगायतले बजार क्षेत्रको सरसफाई र डस्टबिन वितरणको औचित्यमाथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया