Online Bichar
मंगलबार, कार्तिक २५, २०८३ | Tuesday, November 10, 2026

काठमाडौं, ६  असार  ।  नेपाल पत्रकार महासंघले प्रेस विज्ञाप्ति जारी गर्दै ‘सल्लेरी खबर डट कम’का सम्पादक दिनेश बस्नेतमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका क्रममा रहेका पत्रकार बस्नेतमाथि विहीबार ९असार ५ गते० शैलेस श्रेष्ठ र सञ्जय लामासहितका समूहले सांघातिक आक्रमण गरेका थिए ।

सोही आक्रमणबाट पत्रकार बस्नेतको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । आफ्नो पेशागत कर्ममा जुटेका पत्रकारमाथि दिन दहाडै भएको सांघातिक आक्रमणले मुलुकको पत्रकारहरुको सुरक्षा अवस्था दयनीय रहेको थप प्रष्ट भएको महासंघको ठहर छ ।

पत्रकार बस्नेतमाथि भएको यस सांघातिक आक्रमणप्रति पत्रकार महासंघले कडा शब्दमा भत्र्सना गरेको छ । त्यस्तै, घटनामा संलग्न सबैको तत्काल पहिचान गरी कानूनी कारवाही गर्न माग गर्नुका साथै पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग महासंघले माग पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments