Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

काठमाडौं, ४  असार  ।   नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका प्रहरी अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

प्रधान कार्यालय नक्शाल विशेष ब्यूरोमा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक सरोज क्षेत्रीले माध्यमिक शिक्षा परिषद्, हरिश्चन्द्र इन्टर कलेज, वरहज, देवारिया, उत्तरप्रदेश भारतबाट प्राइभेट आइकम पास गरेको नक्कली एवं झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएका थिए । त्यसपछि उनी प्रहरी नायव निरीक्षकमा बढुवा भएको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, सजायको माग दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया