गौरादह, २ असार । गौरादह ७ को भेटवाल चोकमा टिपरको ठक्कर बाट आज एक बालकको मृत्यु भएको छ । गौरादह ७ का ठकठके निवासी १० वर्षीय बालक ओमराज गिरीलाई टिपरले ठक्कर दिंदा बालकको घट्ना स्थलमा नै मृत्यु भएको हो ।
पाडाजुंगी बाट गौरीगंज तर्फ आइरहेको मे.१.ख २७०४ नम्बरको टिपरले सडक पार गर्ने क्रममा बालकलाई भेटवाल चोकमा ठक्कर दिएको थियो । ठक्कर दिएको टीपर अस्थायी प्रहरी चौकी ग्वालडुब्बाको नियन्त्रणमा छ भने टीपर चालक इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।






