Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौं, २८  जेठ  ।  मंगलबार दिउँसो काठमाडौंको शंखमुलमा आगलागी भएको छ । ग्याँस लिकेजका कारण शंखमुस्थित शानदार मःम पसलमा आगलागी भएको हो । शानदार मःम पसलका मालिक टेकनारायण श्रेष्ठका अनुसार घरको भुइँतला पूरै जलेको छ ।

यसै आगालागीमा परी शानदार मःम पसलमा कार्यरत एक कामदार रामकृष्ण बुढाथोकी जलेर घाइते भएका छन् । बुढाथोकीलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको बताइएको छ ।
आगलागीपछि काठमाडौं र भक्तपुरका दमकल आगो नियन्त्रण गर्न घटनास्थल पुगेको छ । साथै घटनास्थलमा अग्निनियण्त्रक र प्रहरीसहित पुगेको बताइएको छ । आगलागीपछि भित्रै फसेकी एक महिलाको भने आगो नियन्त्रणमा ल्याइसकेपछि मात्रै बाहिर निकालिएको छ ।

यस आगलागीबाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया