Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठमाण्डौ, २३  जेठ  ।   यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।

इलेक्ट्रिक स्कुटरहरु बिनादर्ता सडकमा सञ्चालन भइरहेको पाइएको हुँदा त्यस्ता सवारीहरु दर्ता गरेर मात्र सडकमा सञ्चालन गर्न आग्रह गर्दै यातायात व्यवस्था विभागले त्यसरी सञ्चालन गरेको भेटिए कारबाही गरिने जनाएको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनु पर्ने प्रावधान रहेकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गरेको हो ।

यातायात व्यवस्था ऐन २०४९ को दफा १४ मा अनिवार्य रुपमा सवारी दर्ता गर्नुपर्ने भनेकाले दर्ता नगरी सञ्चालन गरेको भेटिए त्यही ऐनको दफा १६० को उपदफा २ बमोजिम कारबाही गरिने निर्णय भएको सूचनामा उल्लेख छ ।

विभागका शाखा अधिकृत लेबन काश्यप अधिकारीले कारबाहीका लागि आवश्यक व्यवस्था मिलाउन विभागले महानगरीय ट्राफिक प्रहरीसँग सहकार्य गरेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया