Online Bichar
आइतबार, कार्तिक ३०, २०८३ | Sunday, November 15, 2026

रौतहट, २२  जेठ  ।  रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुखमाथि हातपात भएको छ । मस्जिदमा नवाज पढ्नका लागि राजपुरको मह्मुदिया मस्जिदमा पुग्नुभएका नगर प्रमुख शेख सकिललाई स्थानीयका आक्रोसित समूहले हातपात गरेको हो । मुस्लिमहरुको पबित्र पर्व इद मनाउनका लागि चन्दा नदिएको भन्दै आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुको समूहले नगर प्रमुख सकिलमाथि आक्रमण गरेका हुन् ।

मस्जिदमा नवाजका लागि गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले आफूसँग नभएको र भोलि दिने बताएपछि आक्रोशमा आएर स्थानीयले आक्रमण गरेका नगर प्रमुख सकिलले बताउनुभयो । केही व्यक्तिहरुले टर्चले टाउकोमा प्रहार गरेपछि टाउको र आँखामा चोट लागेको उहाँले बताउनुभयो ।

नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्दै आएको तर यो पटक ईदको अघिल्लो दिन मंगलवारसम्म पनि सहयोग रकम नदिएपछि आक्रोशित समूहले नगर प्रमुख सकिललाई कुटपिट गरेको अन्य स्थानीयले बताएका छन् । नगर प्रमुख सकिलमाथि हातपात भएको र आक्रमण गर्नेको पहिचान भैसकेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नविन कार्कीले बताउनुभयो ।

सकिलको टाउको र आँखामा चोट लागेपछि गौर अस्पतालम सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको पठाइएको थियो । उपचार पश्चात नगर प्रमुख सकिल घरमा नै आराम गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments