Online Bichar
आइतबार, कार्तिक ३०, २०८३ | Sunday, November 15, 2026

गौरीगञ्ज,  १६  जेठ  ।   गौरीगञ्ज गाउँपालिकाले वडा नं. २ स्थित कोरोबारीका १५ बिपन्न परिवारलाई सुरक्षित घर निर्माण गरिदिने भएको छ । सरकारको समृद्ध मधेश कार्यक्रम अन्तर्गत बिहिबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले उक्त घरको शिलान्यास गरेका छन् ।

सरकारको केन्द्रिय बजेटबाट गौरीगञ्ज गाउँपालिकाले प्रति घर ४ लाख २६ हजार रूपैयाँका दरले बजेट बिनियोजन गरिएको सहारा नेपालका गौरीगंज प्रमुख उमेश भारतीले जानकारी दिए ।

सहारा नेपालको प्राविधिक सहयोगमा निर्माण हुन लागेको सो घरको शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष इलियन बेस्रा, वडा नं. २ का वडाध्यक्ष अघनु राजवँशी, वडा सदस्य अरूण राजवंशी, रिता तामाङ, रिङ्कु देवी राम, नेत्र राजवंशी, सहारा नेपाल गौरीगञ्जका प्रमुख उमेश भारती, नेकपाका पाण्डव राजवंशी, कांग्रेसका योगेन्द्र राजवंशी र राप्रपाका फागुलाल राजवंशी, सहारा नेपालका इन्जिनियर सरोज लावती, गाउँपालिकाका इन्जिनियर सविन क्षेत्रीलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सहारा नेपालका सुभास झाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments