Online Bichar
मंगलबार, कार्तिक २५, २०८३ | Tuesday, November 10, 2026

गौरादह, १३ जेठ ।  झापाको विभिन्न स्थानमा आज शंकास्पद वस्तु फेला परेको छ । गौरादह १ को लालपैनी पुल माथी संकास्पद बस्तु देखिए पछि गौरादहमा दिन भर तनाव ग्रस्त भएको छ ।
पाडाजुगी गौरिगञ्ज सडक खण्डको गौरादह डिपु चोक देखी करिव १ कि.मी. उत्तर मा रहेको लालपैनी पुल माथी संकास्पद बस्तु फेला परेको हो । संकास्पद बस्तुलाई रातो कपडाले बेरेर टेप लगाई तारले बाधिएको अवस्थामा राखिएको थियो ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको फोटो राखी त्यसमाथी संकास्पद वस्तु राखिदा सधैं भरी मानिसहरुको चहलपहल रहने गौरादहको डिपुचोक आज भने सुनसान देखिएको थियो भनें गौरादहबासीहरु ससंकित बनेका थिए ।

विहान करिव ११ बजे सडकमा हिड्ने यात्रीहरुले संकास्पद बस्तु देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय गौरादह सुरक्षा वेस क्याम्प गौरादह, इलाका प्रहरी कार्यालय गौरिगञ्ज र सशस्त्र प्रहरी बल गौरिगञ्जले संकास्पद बस्तु राखिएको स्थानलाई घेराबन्दी गरी निगरानीमा राखेका थिए ।

नेपाली सेनाको टोली चारआली बाट करिव ३ः३० बजे सोही स्थानमा आई संकास्पद बस्तुलाई डिस्पोज गरेको थियो । त्यस अघी गौरादहबासीहरु ससंकित हुनुका साथै त्रसित भई दिनभर आवात जावत गर्न बैकल्पिक मार्ग प्रयोग गरेका थिए ।
सेनाको टोलीले डिस्पोज गर्दा आवाज सहित डिस्पोज भएको थियो । डिस्पोज गरिएको स्थानमा गोल्डेन ओकको वोतलमा बालुवा भरिएको अवस्थामा भेटिएको थियो । यस्तैगरि दमकस्थित रतुवा खोलाको पुल नजिक पूर्वपश्चिम राजमार्र्गको बीच सडकमा बेरिएको अवस्थामा फेला परेको कुकरबम सेनाको टोलीले निष्कृय पारेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments