Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

काठमाडौं,  १२  जेठ ।  यस सिजनको सगरमाथा आरोहणका क्रममा १० जना आरोहीको मृत्यु भएको छ । शनिबार शिखरबाट ओर्लने क्रममा एक बेलायती आरोहीको मृत्यु भएसँगै मृतकको संख्या १० पुगेको हो ।

शनिबार सगरमाथाको शिखरमा टेकेर ओर्लन नसक्दा ४४ बर्षे रबिन हाइन्स फिसरको मृत्यु भएको हो । उनको लडेर मृत्यु भएको सरकारीहरुले जानकारी दिएका छन् । फिसर शिखरबाट १ सय ५० मिटर तल खसेको र लगत्तै उनको मृत्यु भएको आरोहण संयोजक कम्पनी एभरेस्ट परिवा एक्सपेडिसनले जानकारी दिएको छ ।

गत हप्ता मात्रै सगरमाथा आरोहणका क्रममा भारत, अमेरिका, अस्ट्रिया र नेपालका गरी ४ आरोहीको मृत्यु भएको थियो । शुक्रबार पनि आयरल्यान्डका ५६ वर्षीय पर्वतारोही केभिन हाइन्सको आरोहरणका क्रममै मृत्यु भयो । यसै साता सगरमाथामा भीड बढेर जाम हुँदा ४ जनाको मृत्यु भएको जनाइएको छ । बुधबार एक भारतीय र एक अमेरिकी नागरिक तथा बिहीबार भारतकै २ जना आरोहीको ट्राफिक जामकै कारण मृत्यु भएको हो ।

यससँगै सगरमाथामा मात्र यस सिजन मृत्यु हुनेको संख्या १० पुगेको छ भने सगरमाथासहित नेपालका विभिन्न हिमाल चढ्ने क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको जनाइएको छ । सगरमाथामा आरोहणका क्रममा बढेको भीड र कमजोरी तथा थकानका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हो । जामका कारण ढिलाइ हुँदा अक्सिजन समेत नपुग्ने भएकाले मृत्यु दर बढेको बताइन्छ ।

यस सिजनमा सगरमाथा आरोहणका लागि पर्यटन विभागले ३ सय ८१ जना पर्वतारोहीलाई अनुमति दिएको भन्दै आलोचना भइरहेको छ । विगतको भन्दा मौसमको अवस्था पनि यस सिजनमा खराब रहेको र एकैपटक यति धेरै जनालाई आरोहण अनुमति दिँदा सगरमाथामा जाम तथा मृत्यु समेत बढेको बताइन्छ । सरकारले हाल प्रतेक आरोहीबाट ११ हजार अमेरिकी डलर आरोहण दस्तुरका रुपमा उठाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments