Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, १० जेठ ।  उभौली पर्वको अवसरमा गौरादह १ को टीकघारीमा आज साकेला सिली नाच भव्यताको साथ सम्पन्न भएको छ । किराँत राई यायोक्खा गौरादह नगर प्रारम्भिक समितिको आयोजनामा सम्पन्न सांस्कृतिक कार्यक्रममा ७ टोलीले सहभागीता जनाएका थिए ।

सहभागी सबैले परम्परागत भेषभुषामा सजिएर प्रकृतिको पुजा गर्दै साकेला सिलि नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रममा सहभागीहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ । किरात राई यायोक्खा प्रारम्भिक समिति गौरादह नगर अध्यक्ष शिवराज राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला सह सचिव लिला बहादुर राइ, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जिवन राई, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments