Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

तारा आचार्य

विराटनगर, ६ जेठ  ।  एक नम्बर प्रदेश सभा सचिवालयले पदाधिकारीहरुका लागि करिब साढे १० करोडको लागतमा १२ वटा सुविधा सम्पन्न गाडी किन्ने भएको छ ।

प्रदेश सभामुखका लागि सुविधा सम्पन्न तथा प्रदेश सभा सचिव र विषयगत समितिका सभापतिहरुका लागि सवारी साधन किन्न लागिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेश सभा नियमावली अनुसार सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता पक्षको प्रमुख सचेतकलाई अनिवार्य सवारी साधन उपलब्ध गराउने व्यवस्था छ भने राज्यमन्त्री सरहका समिति सभापतिलाई पनि सवारी साधन दिन लागिएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकले अहिले अन्य कार्यालयबाट ल्याइएको सवारी साधन चढ्ने गरेका छन् ।न्यूज२४

तपाईको प्रतिक्रिया