Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

सुर्खेत, १२ मंसिर २०८३ । बिरामी निको पार्ने भन्दै १४ वर्षीया बालिकालाई यातना दिएको आरोपमा एक धामी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार गुठिचौर गाउँपालिका–१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो।

गत मंसिर ८ गते रोकायाले बालिकालाई बिरामी निको पार्ने भन्दै उपचार गर्ने बहानामा अन्धविश्वास तथा रूढिवादी गतिविधि गर्दै यातना दिएका थिए। उक्त घटनाको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रोकायालाई मंसिर १२ गते दिउँसो १२ बजे गुठिचौर गाउँपालिका–१, मणिसाँघुबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्धविश्वास तथा रूढिवादी गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सक्रिय रहने जनाएको छ।

तपाईको प्रतिक्रिया