Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

काठमाडौं, ११ मंसिर २०८३ । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेको हो। यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ५८ वटा स्टक्सको मूल्य बढ्दा २०३ वटाको घट्यो। बाँकी १८ वटा स्टक्सको मूल्य स्थिर रह्यो। कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले २४ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। ग्लोबल आईएमई बैंकले २१ करोडको कारोबार गर्दा हिमालयन उर्जा विकास बैंकले १५ करोड,एनआईसी एसिया बैंकले १३ करोड र घलेम्दी हाइड्रोले १२ करोडको सेयर कारोबार गरे।

एनआईसी एसिया बैंकको सेयर ६.०८ प्रतिशतले बढ्दा माण्डू हाइड्रोपावरको ४.७६,बेस्ट फाइनान्स कम्पनीको ४.३० प्रतिशतले बढ्यो। दुई समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिए।

बैंकिङ र नन लाइफ इन्स्योर‍ेन्सबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

तपाईको प्रतिक्रिया