झापा, ६ मंसिर २०८३ । झापाको कमल गाउँपालिका-१ शुक्रबारे पश्चिममा रहेको किस्ने खोलामा करेन्ट लगाई माछा मार्दा आफैलाई करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
हिजो दिउँसो अन्दाजी ३ः१५ बजे किस्ने खोलामा सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल राईले करेन्ट लगाई माछा मारिरहेका थिए । त्यसक्रममा अचानक राईलाई नै करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी चौकी तोपगाछीमा घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक गोकुल आचार्यको कमाण्डमा र इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी नायव निरीक्षक सानुराम कार्कीको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा टोली गएको थियो । मृतकको शव पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको दमक प्रहरीले जनाएको छ ।






