Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गुल्मी, २ मंसिर २०८३ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी निवासमा सुतिरहेकै अवस्थामा मृत भेटिएका छन्।

सुतेकै अवस्थामा अचेत फेला परेका केसीलाई जिल्ला अस्पताल गुल्मीले मृत घोषणा गरेको हो। ५२ वर्षीय केसीको शव प्रहरीले घरपरिवारको जिम्मा लगाएको छ। दाङ स्थायी घर भएका केसी जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए।

मंगलबार बिहान अबेरसम्म नउठेपछि झ्याल फोरेर हेर्दा उनी मृत भेटिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया