काठमाडौं, २ मंसिर २०८३ । सेयर बजारमा आज पनि गिरावट आएको छ। अघिल्लो दिन मंगलबार १२.७९ अंकले घटेको नेप्से परिसूचक यसदिन ११.०५ अंकले घटेर बन्द भएको हो। नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ।
यसदिन ३४७ वटा स्क्रिप्सको १ करोड ६२ हजार ६०५ कित्ता सेयर ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ७० वटा स्क्रिप्सको मूल्य बढ्दा १९९ वटाको घट्यो। बाँकी १० स्टक्सको मूल्य भने स्थिर रह्यो। सेयर कारोबार दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सानिमा लार्ज क्याप फण्डको सेयर सर्वाधिक ३।२६ प्रतिशतले बढ्दा कुमारी सवल योजनाको सेयर ३.१७ प्रतिशतले बढ्यो।
३२ करोडको सेयर कारोबार गरी रिलायन्स स्पिनिङ्गस मिल्स शीर्षस्थान रह्यो। सेन्ट्रल फाइनान्सले १८ करोडको कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १२ करोड,सुपर मादी हाइड्रो पावरले ११ करोड र घलेम्दी हाइड्रोले १० करोड मूल्य बराबरको सेयर कारोबार गरे।
दुई समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ र म्युचुअल फण्डबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिए।






