Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

झापा, १ मंसिर २०८३ । झापाको बिर्तामोड ८ गरामनीबाट लागूऔषधसहित एक कारोबारी पक्राउ परेका छन् । हिजो साँझ ५ बजे बिर्तामोड-८ स्थित बेम्बो हाउस जाने बाटोमा सोही ठाउँ बस्ने ३३ वर्षीय राजकुमार चौधरी लागूऔषधसहित पक्राउ परेका हुन् । उनले लुकाई छिपाई लागूऔषध बोकेको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठ र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक हिमाल शम्शेर राईको कमाण्डमा संयुक्त टोली खटिएको थियो ।

टोलीले चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित ७ ग्राम ४० मिलिग्राम र प्लास्टिकबाहेक ४ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयका अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया