Online Bichar
शनिबार, कार्तिक २९, २०८३ | Saturday, November 14, 2026

काठमाडौँ, २७ कार्तिक २०८३ ।​ स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणसम्बन्धी सूचना जारी गर्दै परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक अनिवार्य गरिएको जनाएको छ।

बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि यो प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको छ। यसै अनिवार्यताका कारण हाललाई कनेक्ट आइपिएस , इसेवा तथा खल्ती लगायतका डिजिटल माध्यमबाट सीधा नवीकरण गर्ने व्यवस्था भने अस्थायी रूपमा स्थगित गरिएको छ।

​सम्पूर्ण बीमितहरूलाई बोर्डको आधिकारिक एचआईबी इ पोर्टल मा आफ्नो पुरानो बीमा विवरण गरी परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया