काठमाडौं, १९ कार्तिक २०८३ । अमेरिकाले इरानलाई सहयोग गरेको आरोपमा भारत र टर्कीमा रहेका कम्पनी तथा व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।
अमेरिकी वित्त मन्त्रालयले बुधबार घोषणा गरेका प्रतिबन्ध ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ भएको बताइएको छ ।
अमेरिकी वित्त मन्त्रालयका अनुसार भारतमा रहेका सुनील कुमार शर्मा, उनकी पत्नी जसप्रीत प्रीति शाहिद र अन्य दुई व्यक्तिसहित उनीहरूसँग सम्बन्धित नौ कम्पनीमाथि कारबाही गरिएको छ ।
मन्त्रालयले उनीहरूलाई इरानी पेट्रोलियम पदार्थको ढुवानीमा संलग्न प्रतिबन्धित जहाजलाई फर्जी झण्डा र नक्कली सामुद्रिक प्रमाणपत्र उपलब्ध गराउने आपराधिक सञ्जाल सञ्चालन गरेको आरोप लगाएको छ ।
अमेरिकाका अनुसार यस्ता नक्कली कागजातले प्रतिबन्धित जहाजहरूलाई आफ्नो वास्तविक पहिचान लुकाएर अवैध गतिविधि गर्न तथा अन्तर्राष्ट्रिय सुरक्षा र वातावरणीय नियम छल्न सहयोग पुर्याउँछन् ।
यसैगरी, इरानको उड्डयन क्षेत्रलाई सहयोग गरेको आरोपमा टर्कीस्थित कम्पनी ‘फ्युगो ग्राउन्ड सर्भिसेज’ माथि पनि प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले इरानी सरकारलाई समर्थन गर्ने व्यक्ति वा संस्थाविरुद्ध कारबाही जारी रहने बताएका छन् ।






