Online Bichar
बिहिबार, कार्तिक २०, २०८३ | Thursday, November 5, 2026

काठमाडौं, १९ कार्तिक २०८३ । प्रहरी महानिरीक्षक (आईजीपी) बाट पदमुक्त गरिएका दानबहादुर कार्कीको रिट निवेदन बिहीबार अध्ययनका लागि राखिएको छ । सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार सर्वोच्च अदालत प्रशासनमा रिट पेस गरेका थिए ।

कार्कीको रिटमा सहजीकरण गरेका अधिवक्ता टीका कुँवरले आज अध्ययनका लागि प्रशासनमै राखिएको र दर्ता नभएको जानकारी दिए । “रिट बिहान साढे १० बजे नै पेस भएको थियो । मुख्य रजिस्ट्रारबाट आज अध्ययनका लागि रहने जानकारी आयो । दर्ताको विषयमा भोलि शुक्रबार टुंगो लाग्ला,” कुँवरले बाह्रखरीसँग भने, “हामी सर्वोच्चबाट फर्किइसक्यौँ ।”

सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको माग छ । सरकारको कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।

त्यसपछि एआईजी रहेका डा।मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरिएको छ । सरकारको निर्णय रोक्न कार्कीको माग छ ।

तपाईको प्रतिक्रिया