काठमाडौं, १६ कार्तिक २०८३ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा सोमबार घिमिरेलाई पक्राउ गरेको हो। घुस लिएको ३३ लाख रुपैयाँसहित उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।






