Online Bichar
सोमबार, कार्तिक १७, २०८३ | Monday, November 2, 2026

काठमाडौं, १६ कार्तिक २०८३ । चितवन राइनोजका बलर रिजन ढकालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो बलमै विकेट लिएका छन् । दोस्रो ओभर बलिङ गर्न आएका उनले आफ्नो पहिलो बलमै विकेट लिएका हुन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा रिजनले सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैबलाई बोल्ड गरे । उनले सैफलाई १.१ ओभरमा बोल्ड गरेका हुन् । पभेलियन फर्किएका सैफले दुई रन जोडे ।

तपाईको प्रतिक्रिया