Online Bichar
सोमबार, कार्तिक १७, २०८३ | Monday, November 2, 2026

झापा, १६ कार्तिक २०८३ । इलाम नगरपालिका ४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो दिउसो करिब ४ः३० बजे सोही स्थान बस्ने वर्ष २२ का सुजनबहादुर लोहार, वर्ष २१ का निश्चल सागर र वर्ष १९ का सुदीप लोहारले सुवास लोहारलाई धारिलो हतियार प्रहार गर्दा गाला, टाउको र खुट्टामा चोट लागेको हो ।

घाइते सुवासलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ । धारिलो हतियार प्रहारमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया