झापा, २९ असोज २०८३ । झापामा लागूऔषध सप्लाई गर्न खोज्ने एकजना तस्कर ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका छन् ।
भारतको किशनगंज जिल्लामा लागूऔषध तस्करीविरुद्ध संचालन भइरहेको अभियानअन्तर्गत किशनगंज प्रहरीले ठूलो कार्वाही गर्दै एकजना तस्करलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा किशनगंज वार्ड संख्या ३२ को पासवान टोल बस्ने ३१ वर्षीय उमर फारुक रहेका छन् ।
उनको साथबाट ४३४।१० ग्राम ब्राउन सुगर, ८५ हजार ९९० रुपैयाँ नगद, तीनवटा मोबाइल फोन र दुईवटा इलेक्ट्रोनिक मेशिन बरामद भएको छ । प्रहरीले बरामद गरेको लागूऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य करीब एक करोड भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ ।






