Online Bichar
शुक्रबार, आश्विन ३०, २०८३ | Friday, October 16, 2026

काठमाडौं, २९ असोज २०८३ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक २१.३२ अंकले वृद्धि भएको थियो।

नेप्से परिसूचक एकल अंकले वृद्धि भएपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३४९ वटा स्क्रिप्सको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब १३ करोडको सेयर कारोबार भएको थियो।

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर सर्वाधिक १४.९८ प्रतिशतले बढ्यो। हिमालयन एभरेष्ट इन्स्योरेन्स र लक्ष्मी उनन्ती कोषको सेयर ६ प्रतिशतले बढिले वृद्धि भयो। कारोबार रकमका आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले २३ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

यस्तै अपी पावरले २७ करोडको सेयर कारोबार गर्दा घलेम्दी हाइड्रोपावरले १८ करोड,पिपुल्स हाइड्रोपावरले १२ करोड र ग्रीन भेन्चर्सले ११ करोडको सेयर कारोबार गरे। यसदिन चारवटा समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए।

बैंकिङ,मनु एण्ड प्रो,अदर्श र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिएका हुन्।

 

तपाईको प्रतिक्रिया