Online Bichar
मंगलबार, आश्विन २७, २०८३ | Tuesday, October 13, 2026

झापा, २७ असोज २०८३ । नेपाली र्‍यापर तथा क्रिएटर झापालिस भनिने मनिष पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ जिल्ला प्रहरी कार्यालय झापाको टोलीले मेचीनगर –६ काँकडभिट्टास्थित जडीबुटी होटलबाट उनलाई नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा लगिएको थियो ।

मेचीनगर नगरपालिका वडा नं ६ निवासी पाण्डेलाई झापा प्रहरीको टोलीले साइबर कसूरमा नियन्त्रणमा लिएको हो । अब उप्रान्त सामाजिक संजालमा अश्लिल गाली नगर्ने सहमतिपश्चात् पाण्डेलाई प्रहरीले रिहा गरेको बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया