Online Bichar
मंगलबार, आश्विन २७, २०८३ | Tuesday, October 13, 2026

झापा, २७ असोज २०८३ । ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित झापा अर्जुनधाराका एक युवक पक्राउ परेका छन् ।

गएराति १०:१० बजे मेचीनगर नगरपालिका वडा न।६ दुर्गा मन्दिरमा अर्जुनधारा वडा नं.११ कालिझोडा बस्ने २७ वर्षीय अनिश माझी पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले माझीको साथबाट प्लास्टिकसहित २८ ग्राम ७४० मिलिग्राम र प्लास्टिकबाहेक २६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । उनलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया