Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौैं, २५ असोज २०८३ । आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको कारण पत्ता लगाउन तीनजनाको टोली परिचालन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूगर्वविद्सहितको टोली परिचालन गरिएको बताएको हो ।

“घटनाको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन जनाको टोली परिचालन भएको छ,” प्राधिकरणले आइतबार दिउँसो जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्राधिकरणले बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति गरेको जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट ४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

तपाईको प्रतिक्रिया