काठमाडौं, २४ असोज २०८३ । पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गरेको छ।
यसैगरी, महासंघले अनुशासनात्मक अनुसन्धान पनि अघि बढाउने निर्णय गरेको छ । महासंघले शनिबार दिउँसो सार्वजनिक गरेको विज्ञप्तिअनुसार पछिल्लो समय भएका घटनाको अनुशासनात्मक प्रभावबारे छानबिन गरिनेछ।
अनुसन्धान पूरा नभएसम्म यस विषयमा सार्वजनिक जानकारी दिन रोक लगाइएको पनि विज्ञप्तिमा उल्लेख छ । रोनाल्डोले बुधबार राति अनुमति नलिई पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेकामा आफू कारबाहीको भागीदार हुनुपर्ने स्वीकार गरेका थिए ।
महासंघले अक्टोबर १० मा उक्त मुद्दा एफपीएफको अनुशासनात्मक अनुसन्धान समितिमा पठाएको जनाएको छ । गत साता मुख्य प्रशिक्षक जोर्गे जेससको विवादपछि रोनाल्डेले टिम क्याम्प छाडेका थिए ।






