Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

कुमरखोद, २४ असोज २०८३ । झापा गाउँपालिका–२ स्थित झापा बजारमा आज साँझ गरगहना चोरी भएको छ। राज ज्वेलर्सका सञ्चालक राजकुमार सोनारका अनुसार आफ्‌नो पसलबाट दसैँका लागि तयार पारिएका तथा ग्राहकले बनाउन अर्डर दिएका गरी करिब ४ देखि ५ केजी चाँदीका गरगहना चोरी भएको हो ।

सञ्चालक सोनार केही समयका लागि पसल छाडेर नजिकै सब्जी किन्न गएको समयमा चोरी भएको हो । सोनारका अनुसार साँझ करिब ५ः४५ बजे पाँच मिनेटभित्रै पसलबाट भएभरका सबै गरगहना गायब भएको हो ।

दसैँका लागि तयार पारिएका गरगहना र ग्राहकले अर्डर दिएका गरगहना चोरी भएपछि आफूलाई ठूलो क्षति पुगेको सञ्चालक सोनारले बताएका छन्। चोरी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया