Online Bichar
बुधबार, आश्विन २१, २०८३ | Wednesday, October 7, 2026

काठमाडौं, २१ असोज २०८३ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितका आफन्तको घरमा छापामा मारेको छ । बुधबार दिउँसो सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राणासहित उनीसँग जोडिएका पाँचजनाको घरमा छापा मारेको हो ।

विभागले उनीहरूको घरबाट केही विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । गृह मन्त्रालय उच्चस्रोतका अनुसार विभागले बुधबार विभिन्न पाँच वटा टोली बनाएर एक साथ छापा हानेको थियो । गृह मन्त्रालय स्रोतले बाह्रखरीलाई दिएको जानकारी अनुसार चोलेन्द्रशमशेर राणाका दाइ प्रभुशमशेर राणाको मण्डिखाटार, रानीबारीस्थित नवराज थपलिया, धुम्बाराहीस्थित नारायण दाहाल, दीपक तिमल्सिना र भक्तपुरस्थित नविनराज बस्नेतको घरमा छापा मारेको हो ।

प्रहरीले असोज ११ गते बिहान चोलेन्द्रशमशेर राणालाई नियन्त्रणमा लिएपछि उनीसँग जोडिएकाहरू पनि अनुसन्धानको घेरामा परेका थिए । राणा पक्राउको तीन दिनपछि असोज १४ गते झापाका इनम सापकोटालाई समेत प्रहरीको विशेष ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो ।

हाल उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले थप अनुसन्धान जारी राखेको छ । सापकोटासँग चोलेन्द्र र उनका आफन्तको समेत कनेक्सन देखिएको छ । गृह मन्त्रालयले चोलेन्द्र र इनम सापकोटासँग कनेक्सन देखिएपछि सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई समेत निलम्बन गरेर अनुसन्धान थालेको छ ।बाह्रखरीबाट

 

तपाईको प्रतिक्रिया