Online Bichar
बुधबार, आश्विन २१, २०८३ | Wednesday, October 7, 2026

काठमाडौं, २१ असोज २०८३ । सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक नकारात्मक भएर बन्द भएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको हो।

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा उक्लिएको थियो। सो दिन ३ अर्ब १३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा सुधार आएको छ। यसदिन ३५९ वटा स्क्रिप्सको १ करोड ३ लाख ६८८ कित्ता सेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से घटेसँगै कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। घलेम्दी हाइड्रोपावर एनआईसी एसिया ब्यालेन्स फण्डको सेयर ५ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो हाइड्रोपावरले ३२ करोड मूल्य बराबरको कारोबार गर्यो। रिलायन्स स्पिनिङ्ग्स मिल्सले २९ करोडको सेयर कारोबार गर्दा पिपुल्स हाइड्रोपावर र लिबर्टी इनर्जीले १६/१६ करोड र सानिमा मिडल तमोर हाइड्रोपावरले १३ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १०० वटा स्टक्सको मूल्य बढ्दा १६७ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। बैंकिङ समूहको उपसूचकबाहेक अन्य बाँकी समूहको उपसूचक नकारात्मक देखिए।

तपाईको प्रतिक्रिया