Online Bichar
बुधबार, आश्विन २१, २०८३ | Wednesday, October 7, 2026

काठमाडौं, १४ असोज २०८३ । असोज ५ गते बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पोखरीयामा एउटा सूचना आयो ।

सूचना धोबिनी गाउँपालिका–५ का श्रीनिवास साह तुहाकाले गरेका थिए । उनले प्रहरीलाई भनेका थिए, ‘‘मेरो वृद्ध श्रीमतीको विभत्स हत्या भएको छ । कोठाभरी रगत छ ।’

उनले प्रहरीलाई हेर्न नसकिने अवस्था रहेको पनि बताएका थिए ।

सूचना पाएलगत्तै पोखरिया प्रहरी र जिल्ला प्रहरी कार्यालयल पर्साको विशेष टोली घटनास्थल पुग्यो ।

साहको साढे दुई तले पक्की घर थियो । घरको दोस्रो तलाको बीच कोठामा साहकी श्रीमती ६२ वर्षीया लखरजिया देवीमाथि अन्दाधुन्दा धारिलो हतियार प्रहार भएको थियो ।

प्रहरी टोली घटनास्थलको मुचुल्का उठाउन थाल्यो । घटनास्थलमा केही महत्त्वपूर्ण क्लु भेटिन्छन् कि भनेर प्रहरीको टोलीले घटनास्थललाई सुरक्षित गर्‍यो ।

तर, घटनास्थलमा खास प्रमाण फेला परेन । घटनास्थलको प्रकृतिले लखरजिया देवीको हत्या भएको निष्कर्षमा प्रहरीको टोली पुगिसकेको थियो ।

प्रहरीले तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो । प्रहरीको तालिमप्राप्त कुकुरले पनि अनुसन्धान साँघुरिने गरी कुनै क्लु देखाएन ।

श्रीमान्‌ले चाल नपाउने गरी कसरी भयो हत्या ?

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ६२ वर्षीया लखरजिया देवीको असोज ४ गतेको मध्य राति हत्या भएको खुल्यो ।

घरमा श्रीमान-श्रीमती बस्ने भए पनि श्रीमतीको हत्या हुँदा कसरी श्रीमान् श्रीनिवासले चाल पाएनन् भन्ने आशंका प्रहरीले गर्‍यो ।

श्रीनिवासका छोराछोरी अध्ययनका लागि काठमाडौंमा थिए । श्रीमान्‌(श्रीमती घरको पहिलो तलामा बस्थे ।

लखरजिया देवीको शव दोस्रो तलाको बीच कोठमा थियो ।

अनि, प्रहरीले राति लखरजिया देवी किन माथिल्लो तल्लामा उक्लिइन् भन्ने अनुसन्धान गर्‍यो ।

सोही क्रममा प्रहरीले उनको हत्या भएको कोठाको दराजभित्र राखिएको रकम तथा सुनका गरगहना चोरी भएको पत्ता लगायो । टिनको बाक्सा फोड्न खोजिएको अवस्थामा भेटियो ।

प्रहरीले चोरी गर्ने समूहसित प्रतिकार गर्दा लखरजियाको हत्या भएको हुनसक्ने कोणबाट अनुसन्धान अघि बढायो । श्रीमान्‌बाट घरको अवस्था र रकमबारे जानकारी लियो ।

अनुसन्धानबाट चोरी गर्ने समूह घरको पछाडिको पर्खालबाट २स्३० बजे भित्र छिरेर घरको पछाडिबाटै माथिल्लो तलासम्म उक्लिएर दोस्रो तलामा पुगेको खुल्यो ।

चोरी गर्दैगर्दा टिनको बाक्सा फुटाउँदै गरेको आवाज लखरजियाले सुनेपछि उनी पहिलो तलाबाट उठेर माथिल्लो तलामा पुगेको प्रहरी अनुसन्धानले देखाएको छ ।

तर, श्रीमान्‌लाई भने कुनै जानकारी थिएन । श्रीमान् श्रीनिवास पहिलो तलामै सुतिरहेका थिए ।

लखरजिया माथिल्लो तलामा पुग्नासाथ चोरी गर्ने समूहले उनीमाथि अन्दाधुन्द धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

‘मृतक लखरजिया र उनका श्रीमान् दुईजना मात्रै घरमा रहेको अवस्था थियो । राति चोरी गर्ने समूहले माथिल्लो तल्लामा रहेको टिनको बाक्स फुटाल्ने क्रममा चाल पाएर माथि उक्लिएको देखिन्छ,’ डीएसपी मल्लले भने, ‘सोही क्रममा उनको चोरी गर्ने समूहले हत्या गरेका हुन् ।’

एक हप्ताभित्रै आरोपित पक्राउ

हत्यामा संलग्नताको आरोपमा तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

डीएसपी मल्लका अनुसार, पक्राउ पर्नेहरूमा धोबिनी गाउँपालिका–५ कै १८ वर्षीय चन्दककुमार पटेल, सोही स्थानका राजकपुर वैठा र रामु पासवान छन् । उनीहरू दुईजना पनि १८ वर्षकै हुन् ।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पर्सा प्रहरीले मंगलबार पर्सा जिल्ला अदालतबाट अनुमति लिएको छ ।

घटनालगत्तै अनुसन्धान तीव्र पारेपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको डीएसपी मल्लले बताए ।

ूघटनास्थलमा खास केही प्रमाण फेला परेको थिएन । तर, हामीले त्यो क्षेत्रका विभिन्न व्यक्तिहरूको पुरानो पृष्ठभूमि केलाउँदै गर्दा पक्राउ परेका चन्दनकुमार पटेलको भूमिका शंकास्पद देखिएपछि नियन्त्रण गर्दा उनीहरूको समूह रहेको पत्ता लागेको हो,ू उनले भने ।

अनुसन्धानका क्रममा चन्दनकुमारसहितका तीनजनाले नै राजकपुर बैठाको घरमा गाँजा सेवन गरेर योजना बनाएको र चोरी गर्न गएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानका क्रममा चन्दनकुमार विभिन्न मितिमा चोरी र लागुऔषध कसुरमा पनि पक्राउ परेको देखिएको छ । उनी केही समयअघि काठमाडौंमा पनि पक्राउ परेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चोरी गर्न प्रयोग गरिएको हातियार र हत्यामा प्रयोग भएको चक्कु लखरजिया देवीको घरबाट चोरी भएको सुनजस्तो देखिने दुई थाना बाला, ३ हजार ७०० रुपैयाँसमेत बरामद गरेको छ । बाह्रखरीबाट

तपाईको प्रतिक्रिया