Online Bichar
मंगलबार, आश्विन १३, २०८३ | Tuesday, September 29, 2026

भद्रपुर, ११ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर ३ बाट अजय साहेवाला महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

क्षेत्र नम्बर ३ मा सम्पन्न प्रतिनिधि चयन प्रक्रियाबाट साहेवाला सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्। पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आएका साहेवाला समानुपातिक मधेशी कोटाबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका हुन्।

प्रतिनिधि चयन प्रक्रियामा साहेवालाको नाममा सर्वसम्मति जुटेपछि उनी प्रतिस्पर्धाबिनै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। पार्टीका विभिन्न गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका साहेवालाले अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्नेछन्।

 

तपाईको प्रतिक्रिया