जेबि खड्का
गौरादह, १० असोज २०८३ । गौरादह (५ जत्रुचौन स्थित राधाकृष्ण मन्दिरको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। वार्षिक साधारणसभाले पुन: अम्बर बहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ।
नवगठित समितिको उपाध्यक्षमा हरिमाया खड्का, सचिवमा देबेन्द्र खतिवडा, सह सचिवमा रमेश खड्का, कोषाध्यक्षमा गंगादेबि दाहाल, सह कोषाध्यक्षमा गोमा कार्की सर्वसम्मत चयन भएका छन। समितिको सदस्यहरुमा सुशील कुमार पोख्रेल, पुन्यमाता भट्टराई, भोज बहादुर कार्की, कृष्णप्रसाद दाहाल र कमला कार्की सर्वसम्मत चयन भएका छन।
त्यसैगरी साधारणसभाले ओम बहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत चयन गरेको छ।समितिका सदस्यहरुमा लोकनाथ निरौला र कुमार कार्की रहेका छन।मन्दिर प्राङ्गणमा सम्पन्न साधारणसभामा स्थानीय बासीहरुको उल्लेख्य सहभागीता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका मेयर छत्रपति सुवेदीले साधारणसभाको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै मेयर सुवेदीले धार्मिक क्षेत्र अन्तर्गत नगरपालिका भित्र रहेका मठ मन्दिरहरुको संरक्षण र सम्बर्द्धन गर्न स्थानीय सरकार लागि परेको धारणा ब्यक्त गरेका थिए।
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष अस्वास्थ्य भएकाले अध्यक्षको अनुमति लिएर मन्दिरको प्रगति प्रतिबेदन सह सचिव रमेश खड्काले प्रस्तुत गरेका थिए। प्रगति प्रतिबेदनमा खड्काले मन्दिर स्थापनाकाल देखि हालसम्म विभिन्न आरोह अबरोहहरु पार गर्दै मन्दिर यो अवस्थामा आई पुग्न सफल भएको प्रतिबेदन प्रस्तुत गरेका थिए। मन्दिरका सचिब देबेन्द्र खतिवडाले आम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए।
गत आर्थिक बर्षमा मन्दिरमा ५७ हजार ९ सय ३८ रुपैयाँ र खर्च ४८ हजार ५०० रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष अम्बर बहादुर खड्काको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो। कार्यक्रममा उपमेयर जलबर्षा राजवंशी, नेपाल महिला शसक्तिकरण केन्द्रीय सचिब नवनिता सुब्बा पोमु, जिल्ला समन्वय समिति झापा सदस्य कपिलमणी काफ्ले,गौरादह नगरपालिका नगर कार्यपालिका सदस्य गोमा चेम्जुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए। मन्दिर ब्यबस्थापन समिति सल्लाहकार संयोजक ओम बहादुर खड्काले स्वागत मन्तब्य राखेको कार्यक्रममा सह सचिव रमेश खड्काले कार्यक्रम संचालन गरेका थिए।








