काठमाडौं, ७ असोज २०८३ । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लुकाइराखेको ४५० किलो गाँजा बरामद गरेको छ। प्रहरी चौकी तरहराबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया जंगलको कोशी लोकमार्गमा बेवारिसे अवस्थामा रहेको एम्बुलेन्स चेकजाँच गर्दा प्लाष्टिकले पोका बनाइ राखेको अवस्थामा ४५० किलो लागुऔषध बरामद गरेको हो।
बा २ च ९५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूह लेखेको एम्बुलेन्सभित्रबाट ४५० किलो गाँजा बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
बरामद गरेको गाँजासहित एम्बुलेन्स इलाका प्रहरी कार्यालय इटहरी सुनसरी ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






