झापा, ६ असोज २०८३ । झापाको दमकमा भएको बस दुर्घटनामा ६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक-४ स्थित सडक खण्डमा पश्चिमबाट पूर्बतर्फ आउँदै गरेको डल्फिन यातायातको बस दुर्घटना भएको हो ।
विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४०८४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा ६ जना घाइते भएका हुन्।
घाइते सबैको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरु
१. गौरादह-२ बस्ने बर्ष ३० की सुष्मा दर्जी (बाहिरी चोट नदेखिएको, अवस्था सामान्य)
२. मोरङ पथरीशनिश्चरे-१ बस्ने बर्ष ३२ का समिर पोखरेल (बाहिरी चोट नदेखिएको ,अवस्था सामान्य ०
३.सुनसरी लौकी-६ बस्ने बर्ष ३० का महमद जम्सिर ओठमा चोट, अवस्था सामान्य ०
४. मोरङ उर्लाबारी-९ बस्ने बर्ष ३६ की पार्वता लिम्बू (बायाँ आँखामा चोट, अवस्था सामान्य)
५. मोरङ उर्लाबारी-५ बस्ने बर्ष ५० का दिपक भुजेल (बाहिरी चोट नदेखिएको, अवस्था सामान्य )
६. गौरादह-२ बस्ने बर्ष ४० की मिना दर्जी (बाहिरी चोट नदेखिएको, अवस्था सामान्य )






