काठमाडौं, ५ असोज २०८३ । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको छ । केन्द्रीय महाधिवेशनअन्तर्गत आयोजित वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
धनुषा क्षेत्र-४, मोरङ क्षेत्र-६, नवलपरासी क्षेत्र-२, सप्तरी, सिरहा, रौतहट र सर्लाहीका निश्चित क्षेत्रहरूसहित केही जिल्लाका बाँकी वडाहरूमा अधिवेशन अन्तिम चरणमा पुगेको जनाइएको छ । वडा अधिवेशन असोज ६ गते पनि जारी रहने सदस्यसचिव राजु कटुवालले बताए ।






