Online Bichar
बुधबार, भाद्र ३१, २०८३ | Wednesday, September 16, 2026

काठमाडौं, ३० भदौ २०८३ । नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ। मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन निर्देशिका २०८३ मा सभापतिको उम्मेदबार बन्न ४० हजार दस्तुर लाग्ने उल्लेख छ।

निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिका उम्मेदबार बन्नका लागि आवश्यक मापदण्ड तोकिएको छ।

केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार शुल्क तोकिएको छ। यस्तै सहमहामन्त्री पदको निर्वाचनका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार तोकिएको छ।

 

तपाईको प्रतिक्रिया